Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


स्वच्छ निर्वाचन भएमा नेकपा पहिलो पार्टी बन्ने संयोजक दाहालकाे दावी


247
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूहरुको पार्टी पहिलो बन्ने दावी गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले प्रत्यक्षतर्फ आफूहरु पहिलो पार्टी बन्ने दावी गनुभएको हो । स्वच्छ, निष्पक्ष-धाँदलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरु पहिलो हुने उहाँको दावी छ । उहाँले समानुपातिकतर्फ भने नयाँ भनिनेहरुको हावा चलेकोले केही कमजोर हुने बताउनुभयो । प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उहाँकाे तर्क छ । यद्यपि निर्वाचन भाँड्न केही तत्वहरु अझै सक्रिय रहेको समेत बताउनुभयाे । संयोजक दाहालले निर्वाचनकाे बारेमा जनमानसमा अझै केही आशंका रहेको बताउनुभएकाे छ ।

संयोजक दाहालले रुकुमपूर्वको लागि चुनावी प्रतिवद्धता समेत सार्वजनिक गर्नुभएको छ । उहाँले भारतको सीमाना कोइलावासदेखि चीनको सीमा तिब्बतसम्म जोड्ने मार्ग, चुनवाङ–रुकुमकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, रुकुमको फलाम खानी उत्खनन, सबै वडामा वर्षभरी सवारी चल्ने गरी सडक स्तरोन्नति, जडिबुटी प्रशोधन केन्द्र स्थापना तथा खाम मगर क्षेत्रलाई स्वायत्त क्षेत्र बनाउने प्रतिवद्धता जनाउनुभयो ।