Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


कोशीसहित २ प्रदेशका उच्च पहाडी र हिमाली भू‍-भागमा आज राति भारी हिमपात-वर्षा हुने


273
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान कोशी र मधेश प्रदेशको केही स्थानहरूमा हुस्सु लागेको हो। कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बादल लागेको छ।

त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुने भएको हो । देशैभरी आंशिक बादल लाग्ने भएको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।