लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट दुई सय बढी बैकल्पिक निर्वाचन प्रहरी छनौट भएका छन् ।
निर्वाचन प्रहरी छनौट समितिले सार्वजनिक गरेको नतिजा अनुसार दुई सय ४३ निर्वाचन प्रहरी छनौट गरिएको हो। समितिका अनुसार नेपाल प्रहरी तर्फ दुई सय ३५ र सशस्त्र प्रहरी तर्फ आठ जना गरी दुई सय ४३ निर्वाचन प्रहरी छनौट भएका हुन् ।
छनौट समितिका अनुसार आवश्यकता भन्दा बढी छनौट भएका बैकल्पिक निर्वाचन प्रहरीहरुलाई आवश्यकता अनुसार छिमेकी जिल्लामा पठाइने तयारी भइरहेको छ ।
समितिले इच्छुक बैकल्पिक प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह समेत गरेको छ । यस बाहेक जिल्लाको आवश्यकता अनुसार नेपाल प्रहरी एक हजार दुई सय १० र सशस्त्र प्रहरी ९६ गरी एक हजार तिन सय ६ जना पनि निर्वाचन प्रहरीको रुपमा छनौट भएका छन् ।





प्रतिक्रिया दिनुहोस्