Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


नेपाल प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय


2.9k
Shares

काठमाडाैं । नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएकाे छ ।

बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘२०८२-११-१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको छ ।’ आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको अर्यालको भनाइ छ ।