Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


काठमाडौंमा मौसम खुलेसँगै आन्तरिक उडान सञ्चालन


78
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण स्थगन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान नियमित सञ्चालन भएका छन् ।

बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिकतर्फकाे उडान सुरु भएको हाे ।

काठमाडौं, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।