Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


सुनचाँदीकाे मूल्यमा आज पनि नयाँ रेकर्ड कायम


871
Shares

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलाको २० हजार ५ सय रुपैयाँले बढेको छ।

याेसँगै बिहीबार सुन प्रतिताेला ३ लाख ३९ हजार ३ सय रूपैयाँका काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे। बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रूपैयाँमा काराेबार भएकाे थियाे । महासंघले अन्तर्राष्ट्रिय गरिएको मूल्य निर्धारण र नेपालको भन्सारसहितको लागत निर्धारण गरेर हरेक दिन सुनको मूल्य तोक्ने काम गर्छ।

सुन बुधबार पनि प्रतितोला साढे ९ हजार रूपैयाँले बढेको थियो। माघ लागेपछि मात्रै १५ दिनको अवधिमा सुनको मूल्य तोलाकै ६१ हजार रूपैयाँले बढेको छ। गत पुस ३० गते बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रूपैयाँ थियो। समग्रमा यसरी लगातार सुनको मूल्य बढ्नुको कारण अन्य अन्तर्राष्ट्रिय मुद्राको तुलनामा डलर कमजोर हुने विश्लेषण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार तोलामा २ सय ५ रुपैयाँ बढेको हो । योसँगै बिहीबार चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । चाँदी बुधबार ७ हजार ३ सय रूपैयाँमा कारोबार भएकाे थियाे।