काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव संकलन गरिरहेको छ ।
पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन र जनवर्गीय सङ्गठन लगायतसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले बताउनुभएको हो । प्रचार संयोजक शाहीले सबै क्षेत्रबाट दुई–तीन पटक सुझाव संकलन गरिसकेको बताउनुभयो ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको एमालले जनाएको हो ।





प्रतिक्रिया दिनुहोस्