Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


कोलम्बियामा विमान दुर्घटना, दुर्घटनामा परी १५ जनाको मृत्यु


286
Shares

एजेन्सी । कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा १३ यात्रु र दुई जना चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान बुधबार बिहान ११ बजेर ४२ मिनेटमा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको प्राधिकरणले जनाएको छ ।