Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


गरिमा विकास बैंकका सुरक्षागार्डमाथि चक्कु प्रहार


2.1k
Shares

काठमाडौं । स्याङजाको बिरूवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंककाे सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ ।

गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि सोही गाउँपालिका १ का ३० वर्षीय महेन्द्रनारायण श्रेष्ठले चक्कु प्रहार गरेको जानकारी दिएको छ ।

स्याङजाबाट खटिएको प्रहरीको टोलीले चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । उनीमाथि ज्यान मार्ने उद्योगमा सात दिन म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।