Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


हिमाली क्षेत्रका सबै मतदाताले मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छः सोनम गेल्जेन शेर्पा


104
Shares

काठमाडाैं । नेकपा (एमाले) का राष्ट्रियसभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । 

चिसोका कारण प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा हिमाली क्षेत्रका करिव ६० प्रतिशत मतदाताहरु मतदानमा सहभागी हुन नपाउने अवस्था भएकाले उनीहरुलाई पनि मतदानमा सहभागी गराउनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने सांसद शेर्पाको भनाई थियो ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सबै मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारबाट वञ्चित गराउने काम उचित नहुने समेत बताउनु भयो । 
सांसद शेर्पाले भन्नुभयो, ‘सरकार  र निर्वाचन आयोगले निर्वाचन घोषणा गरिसकेको छ ।  निर्वाचन फागुन २१ गते हुँदैछ । फागुन २१ गते हिमाली क्षेत्रमा ठण्डा रहेका कारण मतदानमा जाने स्थिति छैन । अब हिमाली क्षेत्रमा करिव ३०, ४० प्रतिशत मात्रै भोट झर्ने अनुमान गरिन्छ । त्यसकारण ६० प्रतिशत जनताहरु मतदानबाट बञ्चित हुने अवस्था देखिन्छ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’
सांसद शेर्पाले निर्वाचनलाई आम मतदाताको हित हुने गरी उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।