Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


राष्ट्रिय वन पैदावर ब्यवसायी संघ पाँचथरको अध्यक्षमा मगर निर्वाचित


0
Shares

जितेन्द्र भण्डारी

पाँचथर, असोज ९ । राष्ट्रिय वन पैदावर ब्यवसायी संघ पाँचथरको छैठौं अधिवेशनले सूर्यकुमार मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा रमेश राईलाई १९ मतअन्तरले पछि पार्दै मगर निर्वाचित भएका हुन् ।

मगरले ५६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी राईले ३७ मत प्राप्त गरे ।

यस्तै वरिष्ठ उपाध्यक्षमा टाशी शेर्पा सर्वसम्मत चयन भए । उपाध्यक्षमा लक्ष्मी श्रेष्ठलाई झिनो एक मत अन्तरले पराजित गर्दे मोहन सिंह राई निर्वाचित भए ।

श्रेष्ठले ४४ मत प्राप्त गर्दा राई ४५ मत प्राप्त गरी विजयी भए ।

बाँकी पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरिएको संघका ब्यवस्थापक बेनु तिम्सिनाले जानकारी दिए ।

महासचिव गजेन्द्र थापा, सचिव विक्रम साँवा, सहसचिव सुरेन्द्र फागो र कोषाध्यक्षमा ठगेन्द्र गुरुङ चयन भएका छन् । यस्तै सदस्यहरुमा याम श्रेष्ठ, कुमार निरौला, याम प्रसाद चापागाई, हिमाल तुम्रोक, नवराज तामाङ, निमासिं तुम्रोक, दिपक गुरुङ, कृष्ण थापा मगर र मदन कुमार सुब्बा रहेका छन् ।