Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


सुनचाँदीकाे मूल्य आज पनि हालसम्मकै उच्च बिन्दुमा

सुन प्रतिताेला ३ लाख १९ हजार नजिक

390
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य बुधबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि मंगलबार सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। साेही दिन सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रूपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ। यो मूल्य अघिल्लो रेकर्ड भन्दा प्रतितोला ९ हजार ५ सय रूपैयाँ बढी हो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार तोलामा ६ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय ३० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनप्रतिऔंस ५ हजार २ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।