Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


युवराज सफल पक्राउ


2.9k
Shares

काठमाडाैं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । युवराजविरुद्ध महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध तथ्यहिन कुरा लेखेको आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे ।

महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

पत्र प्राप्त भएलगत्तै महान्यायधिवक्ता र कार्यालयको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएकाे छ ।