Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


नेपाली बजारमा सुनचाँदीकाे मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी

सुन प्रतितोला ३ लाख ९ हजार नाघ्याे

728
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी रहेकाे छ ।

लगातार बढिरहेको सुनको मूल्य मंगलबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। साेही दिन सुन प्रतितोला ३ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रूपैयाँ पुगेको जनाएकाे छ। यो मूल्य साेमबारकाे रेकर्ड भन्दा प्रतितोला ३ सय रूपैयाँले बढी हाे ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार चाँदी तोलामा ६ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार ताेलामा ६ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेेमबारको तुलनामा प्रतितोला १ सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ५ हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।