Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


नवलपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु


130
Shares

नवलपुर ।
नवलपुरको देवचुली नगरपालिका वडा नं. १ मा स्कुल बसको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु भएकाे छ ।

सोमवार नेपाल माध्यमिक विद्यालयको बसले ठक्कर दिंदा सोहि विद्यालयको नर्सरीमा पढ्ने ४ बर्षिया सुष्मा पासवानको ज्यान गएको हो ।

स्कुल पुगेपछि बसबाट झर्ने क्रममा ब्याक गर्ने क्रममा बसले उनलाई हानको थियो । बसका चालकले बच्चा नदेखेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि देवचुली नगर अस्पताल पठाइएको छ ।