काठमाडौं ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ।
सामाजिक सञ्जालमार्फत प्रमाणबिनै गम्भीर आरोप लगाएर निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक बहसको मर्म उल्लंघन गरेको आरोप उजुरीमा लगाइएको छ।
बालेनले प्रयोग गरेका शब्दले व्यक्तिको प्रतिष्ठामा क्षति पुर्याउने र मतदातालाई भ्रमित पार्ने जोखिम रहेको जनाइएको छ। उजुरीकर्ताले अभिव्यक्तिको छानबिन गरी आचारसंहिता विपरीत ठहर भए आवश्यक कारबाही गर्न माग गरेका छन्।
साथै, महोत्तरीलगायत क्षेत्रमा रास्वपाले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको विषयमा पनि छानबिनको माग गरिएको छ।





प्रतिक्रिया दिनुहोस्