Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


नागढुंगाबाट खैरो हिरोइनसहित एकजना पक्राउ


130
Shares

काठमाडौं ।

नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग तथा लागुऔषध नियन्त्रण ब्युरो नागढुंगाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बाप्र ००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरी सोमबार ९माघ १२० सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– ३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।