एजेन्सी ।
फिलीपिन्समा ३ सय ५९ यात्रु चढेको डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
दक्षिणी फिलिपिन्समा जाम्बोआंगाबाट पोर्ट शहर हुदै आइल्याण्ड जादै गरेको डुंगा मुटामान द्वीपमा अचानक पल्टिदा भएको दुर्घटनामा मृत्यु भएका १५ जनाको शव निकालिएको र अन्य २१५ जनालाई जिवितै उद्धार गरिएको कोर्ष्ट गार्डका अधिकारीहरुले जानकारी दिएका हुन् ।
हराइरहेकाका एक सय ७ यात्रुको खोजी जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । डुंगामा ३३२ यात्रु र २७ जना चालकदलका सदस्यसहित जम्मा ३ सय ५९ जना सवार रहेका थिए ।
डुगांमा प्वाल परेका कारण पानी भरिदा डुंगा अनियन्त्रित भई डुबेको हुनसक्ने प्रारम्कि अनुसन्धान गरेता पनि वास्तविक कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।
फिलीपीन्स कोस्ट गार्ड, स्थानीय सरकारी अधिकारीहरु स्थानियको सहयोगमा उद्धारकार्य गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्