Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


रवि लामिछानेविरुद्धको मुद्दाका प्रमाण पेश गर्न आदेश


2.8k
Shares

काठमाडौं ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो लामिछानेकाे मुद्दा संशोधन गर्नुपर्ने प्रमाण पेश गर्न महान्यायाधीवक्ताको कार्यालयलाई आदेश दिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अभियोगपत्र दायर भएपछि थप प्रमाण फेला परेकाले मुद्दा संशोधन प्रक्रियामा लैजान सरकारी वकिलको कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल र कानुनका विद्यार्थी आयुष बडाललगायतलेस सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चको आदेश अनुसार महान्यायाधिवक्ता कार्यालयबाट थप कागज प्रमाण प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे छलफल हुने पनि सर्वोच्चको आदेशमा भनिएको छ ।

लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र कास्की जिल्ला अमदालतमा सहकारी ठगी, सम्पति शुद्धीकरण र संगठीत अपराधका मुद्दा विचाराधीन छन् ।