२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


ब्रेक फेल भएर जिप दुर्घटना हुँदा नौजना घाइते


0
Shares

पर्वत, असार ६ । पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । 

कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग१ज ६०६५ नम्बरको जिप ब्रेक फेल भइ दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुस्मा नगरपालिका–३ दुर्लुङ्गका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कुस्मा– ३ दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । जिपका चालक दुर्लुङका ४६ वर्षीय डिलबहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी सामान्य घाइते भएका सोही ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीय एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ का २५ वर्षीया एलिजा विक र कुस्मा नगरपालिका–३ का ४० वर्षीया सुधा गुरुङ्ग जिल्ला अस्पताल पर्वतमा उपचारपछि घर फर्किएका छन् । (रासस)