Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


चुनावी अभियानमा राष्ट्रिय झण्डा प्रयोगकाे बारेमा कांग्रेसकाे ५ बुँदे परिपत्र


676
Shares

काठमाडाैं । नेपाली कांग्रेसले चुनावी अभियान क्रममा राष्ट्रिय झण्डाको प्रयोगकाे बारेमा ५ बुँदे परिपत्र गरेको छ।

उपसभापति समेत रहेका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले साेमबार पार्टीका मातहत निकायहरूलाई राष्ट्रिय झण्डा प्रयोगमा ध्यान दिनका लागि परिपत्र गरेका गर्नुभएकाे हाे।

कांग्रेसकाे ५ बुँदे परिपत्र यस्ताे छ :

१. आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने।

२. राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउने। (झण्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ झन्ने तथ्य हामीले हेक्का राख्न जरूरी छ)

३. उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ। त्यस्तो विल्कुलै नगर्नेरगर्न नदिने।(राष्ट्रिय सम्मानका साथ कसैको शव यात्रा गरिँदा या चितामा दागबत्ती दिनुअघि शवमा झण्डा ओढाउने प्रचलन हुन्छ, त्यसको हेक्का राख्न जरूरी छ)

४. उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झण्डा बेर्ने कार्यले झण्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्नेरगर्न नदिने।

५. कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झण्डा फहराउँदा पार्टीको झण्डा र चुनाव चिह्न भन्दा माथि फहराउने।