एजेन्सी । मंगोलियामा करबि ९० प्रतिशत भू-भाग ४५ सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको छ ।
राष्ट्रिय मौसम तथा वातावरणीय अनुगमन निकायले जनाएको मंगाेलियाका २१ मध्ये ९ वटा प्रान्तले जुद (मशगम) भनिने चरम जाडोको सामना गरिरहेकाे जनाएकाे हाे । अन्य १६ प्रान्तहरू पनि जुद जस्तै अवस्थाको नजिक पुगेका छन् । जुद एउटा मंगाेलियाली शब्द हो । जसले जमिन जमेको वा हिउँले ढाकिएको कारण ठूलो संख्यामा पशुचौपाया मर्ने गरी हुने अत्यधिक चिसो जाडोलाई बुझाउँछ ।
मंगाेलिया आफ्नो कठोर महाद्वीपीय जलवायुका लागि परिचित छ । जहाँ लामो समयसम्म कठाङ्ग्रिदो जाडो र छोटो गर्मी हुने गर्दछ ।





प्रतिक्रिया दिनुहोस्