Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


कर्णालीबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी रखाल र कांग्रेसका शाही विजयी


416
Shares

काठमाडौं । कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेकी मिनासी रखाल र नेपाली कांग्रेसका ललितजंग शाही विजयी भएका छन्।

रखालले प्रदेशसभातर्फ १ हजार ३७८ र स्थानीय तहतर्फ १ हजार ७६७ मत प्राप्त गर्दै कुल ३ हजार १४५ मत ल्याइन्। कांग्रेसका शाहीले प्रदेशतर्फ १ हजार ३२५ र स्थानीय तहतर्फ १ हजार ९०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरूङले जानकारी दिए।

निर्वाचनमा नेकपाका उम्मेदवारहरू पराजित भएका छन्। महिलातर्फ अन्जु महतराले प्रदेशतर्फ ६८९ र स्थानीयतर्फ १ हजार ४५ मत पाइन् भने बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ ६८९ र स्थानीयतर्फ ९५० मत प्राप्त गरे।

निर्वाचन कार्यालयका अनुसार खसेको कुल मतमध्ये ६ मत बदर भएको थियो।