Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


सुनचाँदीको मूल्यमा आज फेरी नयाँ रेकर्ड कायम

सुन-प्रतितोला ३ लाख ४ हजार नजिक

0
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएको छैन ।

कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेर कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको जनाएको छ । गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको विश्लेषण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर आइतबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । चाँदी आइतबार तोलामा २ सय ९० रुपैयाँले बढेर तोलाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । शुक्रबार चाँदीको मूल्य तोलाको ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।