काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी तथा हिमाली भू-भागमा बादल लागिरहेको हो । साथै तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेका कारण जनजीवन कष्टकर बनेको छ ।
त्यस्तै, आइतबार दिउँसो भने देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । बाँकी भू-भागमा भने आंशिक रुपमा बादल लाग्ने भएको छ। कोशी, गण्डकी, कर्णाली प्रदेश र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको हो। साथै तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु लाग्ने भएको महाशाखाले जनाएको छ।
त्यस्तै, आइतबार राति भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेभएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको हो । साथै तराई भू-भागका केही स्थानहरूमा भने हुस्सु लाग्ने महाशाखाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्