Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


फ्रान्समा पनि बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गरिंदै


156
Shares

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनी प्रक्रियालाई थप कडाई गर्ने बताउनुभएको छ ।

उहाँले एक टेलिभिजनमा प्रसारण गरिएको आफैले रेकर्ड गरेको भिडियोमा यस्तो बताउनुभएको हो । सोही भिडियोमा उहाँले यसलाई आगामी शैक्षिक सत्रको शुरुदेखि लागू गर्ने बताउनुभयो । फ्रान्सका सांसदले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् । इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलियामा गत महिना पहिलो देश बनेको थियो। उनीहरूको विधेयकको मस्यौदा सोमबार फ्रान्सेली संसदमा पेश गरिने भएको छ।

१५ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्धको साथसाथै राष्ट्रपति म्याक्रोँले विद्यालयमा विद्यार्थीलाई मोबाइल फोन राख्न प्रतिबन्ध लगाउने कुराको पनि समर्थन गर्नुभयो।