Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सुनसरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु


195
Shares

काठमाडौं। सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलय सुनसरीले शनिबार राति इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा०१-००४क ३१८१ नम्बरको ट्रकले ठक्कर दिँदा इटहरी-४ का साइकलयात्री ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको जनाएको हो।

चालकलाई इलाका प्रहरी कार्यलय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।