Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


अफगानिस्तानमा भारी हिमपात


0
Shares

काठमाडौं ।

अफगानिस्तानमा भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको बताइएको छ । प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या ११० भन्दा बढी रहेको देखाएको छ ।

विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रहरूले चिसो र भारी हिमपातको सामना गर्नुपरेको छ । जसका कारण राष्ट्रिय राजधानी काबुल र कैयौँ प्रान्तहरू बीचको महत्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।