Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


टाईगर कपमा ४ खेल हुँदै


104
Shares

काठमाडौं ।
शुक्रवारदेखि पोखरामा सुरु छैटौ टाईगर कप भलिबल प्रतियोगिता अन्तर्गत आज ४ खेल हुँदैछन् ।

पोखरा रंगशालामा जारी दिनको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल भईरहेको छ । दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ ।

महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ ।

हिजो सम्पन्न प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित हात पारेको थियो । पुरुषतर्फ सोझो सेटमा जित हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझे सेटमा पाखा लगाएको हो ।

शुक्रवार सम्पन्न अर्को खेलमा विभागीय टोली एपीएफले घरेलु टोली गण्डकी भलिबल संघलाई हरायो । रोचक नतिजा निकाल्ने क्रममा एपीएफले गण्डकीलाई ३–१ को सेटमा पराजित ग¥यो । महिला तर्फ न्यु डायमन्ड स्पोट्र्स क्लबले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

नवौं एनभीए च्याम्पियनसिप र शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल च्याम्पियनसिप जितेर पोखरा पुगेको न्यु डायमन्डले खेलको सुरुदेखि नै दबाब कायम राखेको थियो । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा यसपटक महिलातर्फ ५ र पुरुषतर्फ ६ टोली प्रतिस्पर्धामा उत्रीएका छन् ।