Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भेनेजुएलामा सैन्य बल प्रयोग गर्ने ट्रम्पको अधिकार रोक्ने प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा अस्वीकृत


1.9k
Shares

एजेन्सी ।
अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले बिहीवार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सैन्य हस्तक्षेप गर्नबाट रोक्ने डेमोक्र्याटहरूको प्रस्तावलाई झिनो मतले विफल तुल्याएको छ ।

मतदानमा २१३ डेमोक्र्याट र दुई रिपब्लिकन सदस्यहरूले प्रश्तावको समर्थन गर्दा २१५–२१५ को बराबरी भएको थियो । जुन प्रश्ताव असफल हुन पर्याप्त थियो ।

हाउस रुल्स कमिटीका जिम म्याकगभर्नले यसलाई कार्यकारीको अन्धभक्त नभई कङ्ग्रेसको निगरानी हुनुपर्ने कुरामा जोड दिएका छन् । तर रिपब्लिकनहरूले भने यसलाई अनावश्यक भन्दै अमेरिका र भेनेजुएला युद्धमा नरहेको बताए।

यसअघि माथिल्लो सदन सिनेटले पनि ह्वाइट हाउसको दबाबमा यस्तै प्रश्ताव अस्वीकार गरेको थियो। स्रोतकाअनुसार अमेरिकी सेनाले जनवरी ३ मा भेनेजुएलामा आक्रमण गरी त्यहाँका नेता निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको जनाइएको छ ।