काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेलाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गर्नुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे आह्वान गर्नु भएको हो । मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरुबीचको एकता जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरुले पार्टीहरुबीचको एकता अभियानलाई तीब्रता दिएको समेत बनाउनुभएकाे छ।
संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरुको चलखेललाई रोक्न पनि सबै देशभक्तहरुले एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताउनुभयो । मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नभएकाले आफूहरुले नै त्यसमा अडान लिएको समेत बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्