Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


बदलिएको परिस्थितिमा सुरक्षा चुनौतीका लागि सशस्त्र प्रहरी तयार: महानिरीक्षक अर्याल


234
Shares

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५ औं स्थापना दिवस मनाएकाे छ ।

२०५७ सालमा तत्कालिन माओवादीको सशस्त्र द्धन्द उत्कर्षमा पुगेको समयमा प्रहरी कमजाेर र राजाले सेना परिचालन गर्न अस्विकार गरेपछि अर्ध सैन्य सुरक्षा फौजका रुपमा सशस्त्र प्रहरी बल स्थापना भएको थियो । द्धन्द कालमा स्थापना भएको सशस्त्र अहिले सीमा सुरक्षा र विपद उद्धारमा सबै भन्दा बढी प्रभावकारी रुपमा परिचालन हुँदै आएको छ ।

काठमाडाैंमा शुक्रबार स्थापनाको रजत जयन्ती समाराेह कार्यक्रमलाई सम्बाेधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत भदौ २३ र २४ गतेको आन्दोलन पछि मुलुकको सुरक्षा चुनौती थपिएको बताउनुभयो । आन्तरिक सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई तयार रहन समेत निर्देशन दिनुभएको छ ।

सरकारले तोकेको आगामी फागुन २१ गतेको निर्वाचनका लागि पनि सशस्त्र प्रहरीले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको महानिरीक्षक आर्यालले जानकारी गराउनुभयाे ।