Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


आगामी निर्वाचनमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार छान्दैनः सभापति थापा


767
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन नगर्ने बताउनुभएको छ ।

पार्टी कार्यलय सानेपामा शुक्रबार केन्द्रीय कार्यसमितिकाे बैठकलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेदवार चयन हुने बताउनुभएको हो । उहाँले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राईमरी इलेक्सनबाट उम्म्दवार छान्ने दाबी गर्नुभयो । यस पटक भने समयको अभावको कारण प्राईमरी इलेक्सनमार्फत उम्मेदवार छान्न नसकिएको उहाँको भनाइ छ । उहाँले समयको चापको कारण उम्मेदवारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताउनुभयो ।

सभापति थापाले विशेष महाधिवेशन आफूहरुले आफ्नो लागि नभई नागरिकको कांग्रेस बदलिनैपर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताउनुभएकाे छ ।