Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


‘सभापतिको कुर्सीमा बस्न सजिलो हुन्छ, तर भूमिका निभाउन गाह्रो भएको बुझेको छु’: सभापति थापा

कांग्रेसको कुनै पार्टीसँग दुस्मनी नभएको तर्क

793
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निभाउन गाह्रो छ भन्ने आफूले बुझेको बताउनुभएकाे छ ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि भूमिका निभाउन गाह्रो भएको आफूले बुझेको बताउनुभएकाे हाे। सभापति थापाले कांग्रेसको कुनै पार्टीसँग दुस्मनी नभएको पनि बताउनुभयाे । सबै साथीभाइका पार्टी भएकाे उहाँकाे भनाइ छ।

सभापति थापाले राजनीतिक पार्टी सहयात्री र प्रतिस्पर्धी रहेको बताउनुभयाे। एजेण्डाका आधारमा निर्वाचनमा जितरहार हुने समेत उहाँले बताउनुभएकाे छ।