Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (तस्बिरसहित)


130
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको हो । सोही अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले उहाँलाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको छ। नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो । वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ ।

साेही अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको हाे ।