Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको बैठक आज सानेपामा बस्दै


208
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ ।

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत रुपमा सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने भएको हो । त्यसपछि पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

प्रवक्ता चालिसेले शुक्रबारदेखि पार्टीका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय सानेपाबाट हुने समेत बताउनुभएको छ ।