Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


रोटरी अवार्डका लागि आवेदन आह्वान


260
Shares

काठमाडौं । गाेपाल राजभण्डारी राेटरी अवार्डको आवेदन खुला गरिएको छ ।

रोटरी क्लव नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी २० लाख रुपैयाँ राशीको पुरस्कारको आवेदन खुला गरिएको जनाएको हो । त्यसका लागि माघ २२ सम्म रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानमा रहेका १६३ वटा रोटरी क्लवहरुबाट आवेदन दिन सकिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा अवार्ड समितिका प्रमुख राजेन्द्रमान शेरचनले विभिन्न पेशा, व्यवसाय, तथा उद्योगमा निरन्तर उत्कृष्टता प्रदान गरेका, दुरदृष्टि, नवप्रवर्तन वा सृजनशीलता, जोखिम लिने साहस देखाएका वा उदाहरणीय काम गरेका व्यक्ति, संस्थाहरुले अवार्डका लागि आवेदन दिन सक्ने बताउनुभयो ।

सन् २०१० मा १० लाख रुपैयाँबाट सुरु गरिएको सो अवार्ड आगामी फागुन ७ गतेदेखि पोखरामा आयोजना हुने १८औं डिष्ट्रिक्ट सम्मेलनमा प्रदान गरिने जनाइएको छ ।