काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै हुने तय भए पनि निर्वाचनका कारण मिति पछि सारिएको हो ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि सुरु गर्ने निर्णय भएको छ ।
कार्यालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा लिइनेछ भने मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा सञ्चालन हुनेछ ।






प्रतिक्रिया दिनुहोस्