Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रमा २१० जनाको उम्मेदवार


130
Shares

काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ सिटमा २ सय १० जना उमेदवारले मनोनयन दर्ता गराएका छन् ।

१६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २ सय १० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा धेरै जनाको मनोनयन भएको छ । क्षेत्र नं १ मा १९, २ मा १६, ३ मा ११, ४ मा १६ र ५ मा १६ जनाले मनोनयन दर्ता गराएका छन । त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, २ मा १९ र ३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं. १ मा ८ जना र क्षेत्र नम्बर २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् ।

यस्तै डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । सुदुर पश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।