काठमाडाैं । विशेष अदालतले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललगायतको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा मुद्दा दर्ता गर्नुअघि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णय गरेको फाइल झिकाउन आदेश दिएको हो ।
अख्तियारले तामेलीमा राखेको फाइल झिकाउने आदेश दिएसंगै उक्त मुद्धाको अर्को सुनुवाई माघ १४ गतेका लागि तोकिएको छ । अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दी भन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्