काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।
गृह जिल्ला झापामा बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक सम्पत्ति, नगरपालिका र राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताउनुभयो । अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताउनुभएकाे छ । अपराध रोकेर शान्तिपूर्ण बस्न लायकको देश बनाउनुपर्ने समेत उहाँलेबताउनुभयो ।
अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको अध्यक्ष ओलीकाे जिकिर छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमबार मात्रै झापा जानुभएको थियो । झापा-५ बाट उहाँले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन पत्र दर्ता गराउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्