Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक


715
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डको भूमिमा आफूले अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर सार्वजनिक गर्नुभएकाे छ ।

उहाँले मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत साेही तस्बिर सार्वजनिक गर्नुभएकाे हाे । तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् । नजिकै रहेको एउटा संकेतपाटीमा ग्रिनल्याण्ड-अमेरिकी भू-भाग, स्थापना सन् २०२६ लेखिएको छ । सोही दिन, ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गर्नुभएकाेथियाे । जसमा उहाँओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहेको देखिन्छ । उहाँको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानाडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई अमेरिकी झण्डा मुनि देखाइएको छ ।

राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डको विषयमा नाटोका महासचिव मार्क रुटसँग टेलिफोन संवाद समेत गर्नुभएकाे थियाे ।