एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी ७ जनाको मृत्यु भएको छ ।
इमर्जेन्सी नामक मानवीय संस्थाकाअनुसार अस्पताल ल्याइएका २० जनामध्ये ७ जनालाई मृत घोषित गरिएको हाे । अफगानिस्तानका लागि संस्थाका राष्ट्रिय निर्देशक डेजन पानिकले घाइतेहरूमा चार महिला र एक बालक रहेको जानकारी दिनुभएको छ । उहाँले अधिकांश घाइतेहरूको शरीरमा गहिरो चोट लागेको र केहीको शल्यक्रिया भइरहेको बताउनुभएकाे छ।
गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले काबुलको एक रेस्टुरेन्टमा विस्फोट भएको पुष्टि गर्दै घटनाकाे बारेमा विस्तृत अनुसन्धान भइरहेको बताउनुभयाे । हालसम्म विस्फोटको जिम्मेवारी कुनैपनि समूहले नलिएकाे समेत उहाँले जानकारी गराउनुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्