Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


प्रेमबहादुर आलेद्वारा कैलाली–५ बाट उम्मेदवारी दर्ता


611
Shares

काठमाडाैं ।
नेकपा नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कैलालीको समग्र विकासलाई प्रमुख प्राथमिकता बनाउने बताए।

(धनगढी) विमानस्थल र सेती प्रादेशिक अस्पतालको स्तरोन्नति तथा सडक सञ्जाल विस्तार आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै, निर्वाचित भएपछि ती परियोजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे।