Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


सुनचाँदीको मूल्य आज पनि हालसम्मकै उच्च बिन्दुमा


1k
Shares

काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुन प्रतितोला २ लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ पुगेको जनाएकाे छ। यो मूल्य अघिल्लो रेकर्ड भन्दा प्रतितोला २ हजार ७ सय रूफैयाँ बढी हाे।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार तोलामा ५ हजार ८सय १० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बढैर मंगलबार ५ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ७ सय अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।