Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


भरतपुर महानगरकी प्रमुख दाहालले पनि दिइन पदबाट राजीनामा (पत्रसहित)


234
Shares

काठमाडाैं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिनुभएको छ ।

प्रमुख दाहालले मंगलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँ लगातार दुई कार्यकाल महानगर प्रमुख हुनुहुन्थ्यो । संघीय संसदको निर्वाचनमा चितवन ३ वाट उम्मेदवार हुन उहाँले राजीनामा दिनुभएको हो । म‌गलबार नै उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनु हुने भएकाे छ।

राजीनामा दिनु अघि प्रमुख दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले दिनुभएको राजीनामा उपप्रमुख अधिकारीले स्वीकृत समेत गरिसक्नुभएकाे छ ।