काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ ।
मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पेश गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे हाे ।मन्त्री पुन पनि आगामी निर्वाचनमा उम्मेदवारी दिने भएका कारण पदबाट राजीनामा दिनुभएकाे बुझिएकाे छ ।
यसअघि ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आ–आफ्ना पदबाट राजीनामा दिइसक्नुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्