Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


रास्वपाको चुनावी अभियान सुरु (भिडियाे रिपोर्ट)


0
Shares

नरेन्द्र महतारा /नवीन सिंह

काठमाडाैं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशको राजधानी जनकपुरबाट चुनावी सभा सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेर राजनीतिक यात्रामा होमिएका बालेन शाह फनि सोही कार्यक्रमबाट सार्वजनिक कार्यत्रममा उत्रिनुभएको छ । परिवर्तन उद्घोषसभा नाम दिइएको सभामा रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारमा अघि सारेका बालेन शाह मूख्य आकर्षणको केन्द बने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पहिलोपटक राजनीतिक सभामा देखिएका छन् । रास्वपाले मधेश प्रदेशको राजधानी जनकपुरधाममा गरेको परिवर्तन उद्घोष सभामा उनी जोडतोडका साथ देखिएका हुन् ।

पहिलोपटक चुनावी सभामा सहभागी भएका बालेन निकै उत्साहित पनि देखिए । उनी सँगसँगै पार्टी सभापति रवि लामिछाने पनि मधेशमा झरेका छन् । पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहसँगै मधेश झरेपछि उनीहरुका गतिविधिलाई नजिकबाट नियाल्न थालिएको छ । रास्वपाले मधेशलाई नै केन्द्र बनाएर परिवर्तनको उद्घोष गरेको छ । यसरी चुनावी प्रचार गर्दा मधेशबाट पार्टीलाई राजनीतिक लाभ हुने आँकलन गरिएको छ ।

यही बुझेर रास्वपाले मधेशबाटै चुनावी सभा सुरु गरेको हो । मधेश प्रदेशले परिवर्तन र सुशासनका विषयमा धेरै योगदान दिएपनि त्यसको अवमूल्यन भएको भन्दै मधेशबाटै परिवर्तनको उद्घोष सुरु गरिएको रास्वपाको दाबी छ । मधेश प्रदेशमा रवि लामिछाने र बालेन शाहको प्रवेशलाई महत्वका साथ हेरिएको छ । उनीहरुको प्रवेशले मधेश केन्द्रित अन्य दलहरुलाई चुनौतीसमेत दिएको छ ।

यी दलहरुले पटकपटक सक्ता र शत्तिको दुरुपयोग गरेको हुनाले अब नयाँ दललाई मधेशले साथ दिनुपर्ने नेताहरुले बताएका छन् । रास्वपा सभापति रवि लामिछानेले सभामार्फत पुराना दल र नेताहरुमाथि खरो रुपमा कटाक्ष गरेका छन् । लामिछानेले पुराना दलका नेताहरुले मुलुक र जनतालाई परिवर्तनको नाममा देखाएका सपनाहरु पूरा नगरेको आरोप लगाएका छन् । लामिछानेले सभाबाट बालेन शाहले देश बनाउने देखरै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको बताए ।

रास्वपाले मधेशबाट सुरु गरेको पहिलो चुनावी सभा भएको हुनाले यो सभालाई महत्वका साथ हेरिएको छ । अर्कोतर्फ, बालेन शाहको उपस्थितिले पनि यो सभालाई भव्य बनाएको थियो । जसरी रास्वपाले मधेश प्रदेशको राजधानी जनकपुरधाममा चुनावी सभा गरेको छ त्यसैगरी निर्वाचनमा परिणाम ल्याउन सक्ला ? त्यो भने हेर्न बाँकी नै छ ।