Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


म्याग्दीमा कांग्रेसबाट केबी भण्डारी उम्मेदवार


429
Shares

म्याग्दी ।

प्रतिनिधिसभामा एउटै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसले कर्णबहादुर (केबी) भण्डारीलाई उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस म्याग्दीका उपसभापति भण्डारीलाई उम्मेदवार चयन गरिएको हो ।

जिल्लाबाट उम्मेदवार सिफारिस गर्दा पार्टी सभापति तथा पूर्वमन्त्री खमबहादुर गर्बुजा (खमबिर) र उपसभापति भण्डारीको नाम अगाडि सारिएको थियो । कांग्रेस म्याग्दीका एक नेताका अनुसार पूर्वमन्त्री गर्बुजाकै प्रस्तावमा भण्डारीले टिकट पाएका हुन् ।

भण्डारीले आफूले प्रतिनिधिसभा सदस्यको टिकट दाबी नगरे पनि पार्टीका नेताहरूले उम्मेदवार बनाउने निर्णय गरेको बताए । टिकटको दौडमा काठमाडौं नगएको उल्लेख गर्दै उनले अहिले पनि म्याग्दीमै रहेको जानकारी दिए ।

‘म टिकटको दौडमा थिइनँ, पार्टीका साथीहरूले नै उठ्नुपर्छ भनेर सर्वसम्मत निर्णय गर्नुभयो,’ भण्डारीले भने । कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकट मानिने भण्डारी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन् । २०६६ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड डाइरेक्टरसमेत रहेका भण्डारी त्यसपछि पार्टीको पूर्णकालीन राजनीतिमा सक्रिय रहँदै आएका छन् ।