Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


काठमाडौं–५ मा रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार


572
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर ५ का लागि सस्मित पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमबार पार्टी नेता गणेश पराजुलीले पोखरेललाई औपचारिक रूपमा टिकट प्रदान गरेका हुन् ।

पोखरेल रास्वपाका केन्द्रीय सदस्य हुन् । वरिष्ठ नेता बालेन शाहसँग भएको बृहत् एकतापछि उनी रास्वपामा समायोजन भएका थिए । यसअघि उनी बालेन शाहको सचिवालयमा सदस्यका रूपमा कार्यरत थिए र शिक्षा सम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका थिए ।

यसअघि रास्वपाले काठमाडौं क्षेत्र नम्बर ४ र ५ का उम्मेदवार टुंगो लगाउन बाँकी राखेको थियो । पार्टीले अब काठमाडौं–५ मा पोखरेललाई अघि सारेसँगै निर्वाचन तयारीलाई तीव्रता दिएको जनाएको छ ।